आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा कारोवार भयो त ?

काठमाडौं,साउन,८ । सुनको मूल्यले आज कीर्तिमानी कायम गरेकाे छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको   मुल्य ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला पुगे छ।

 

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उनको भनाइ छ।