देशविरोधी र जनविरोधी रणनीतिक ग्रान्ड डिजाइनलाई ध्वस्त पार्ने राष्ट्रीय शक्तिको निर्माण गरौं

माक्र्सवादी दृष्टिकोणमा वर्तमानको साम्राज्यवाद जसलाई एकाधिकार पूँजिवादको भूमण्डलीकृत रुप भनिन्छ, त्यसद्धारा उत्पन्न विश्वव्यापी पर्यावरणीय संकटको एउटा प्रतिकृयाका रुपमा वर्तमानमा कोरोना कोभिड–१९को महामारी हो ।किनभने यो एकाधिकार पूँजिवादको दुष्परिणामलाई बेवास्ता गरेर जतिसक्दो छिटो सम्पत्ति कुम्ल्याउने र त्यसलाई विकास र सम्बृद्धि देख्ने र त्यसबाट प्रकृति र प्रकृतिजन्य मानव जीवन, पशुपंक्षी, रुखविरुवा जलचर, थलचरआदि सबैको विनासमाथि आफ्नो विकास र सम्बृद्धि चाहने एकाधिकार पूँजिवादका नीतिकर्ता र नेताहरुद्धारा विश्वका गरीब तर प्राकृतिक साधन र स्रोत सम्पन्न देशहरुका मजदुर, किसान लगायतका आम श्रमजीवी वर्गलाई चुस्ने, राष्ट्रिय पुँजीपतिवर्गलाई टाउको उठाउन नदिने र दलाल पुँजीपति वर्गलाई पोस्नका लागि ती देशहरुमाथि गरिएको ब्रम्हलुटको परिणाम हो भन्दा कुनै अत्युक्ति हुँदैन ।

 

भित्री उद्येश्य नवउदारवादी अर्थतन्त्रलाई कसरी बलियो बनाउने र ती देशहरुलाई अरु पराधीन र कङ्गाल कसरी बनाउने र देश लुट्ने हतियारलाई स्पातिलो कसरी गर्ने हो भने देखावटीरुपमा ‘“विकास, उन्नती, प्रगति,सुखी र समृद्धी ”को नारा दिएर जनतालाई त्यस्ता ब्रम्हलुटतर्फ लोभ्याउनु हो । सारमा भूमण्डलीकृत पूँजिवादलाई देश बेचिदिने धारणा हो । तर एकाधिकार पूँजिवादका भरौटेहरु, जो विश्वभरीका देशहरुमा सरकारमा छन् र सरकारबाहिर पनि छन्,तिनले राष्ट्र र आम जनतामा समृद्ध ल्याउँछौ भनेर मानिसहरुलाई भ्रमित तुल्याउने प्रयास गर्दै आएकाछन्, गर्दैछन् र गरिरहने छन् जवसम्म प्रत्येक गरीव देश र ती देशमा रहने जनता संगठित भएर देशभित्रका र बाहिरका एकाधिकार पूँजिवादका दलालहरु र भरौटेहरुलाई पहिचान गर्ने र तिनीहरुका विरुद्ध सम्झौताहीन संघर्ष गरेर तिनीहरुलाई विश्व रंगमञ्चबाट फयाक्ने काम गर्दैनन, यस्तो एकाधिकार पूँजिवादको शोषणको जातोमा विश्वका गरीव जनता र देश पिल्सीरहने निश्चित छ । र कोरोना कोभिड–१९जस्ता महामारी निरन्तर रुपमा दोहोरिरहने छ, आजभन्दा अझ अर्कै विश्वले थाम्न नसक्ने गरी डरलाग्दो रुपमा ।

नेपालजस्ता देशहरुमा एकाधिकार पूँजिवादका पञ्जाहरु कसरी फैलिएका हुन्छन र कसरी त्यसले आफना दलालहरुलाई कामगर्न लगाउँछ भन्ने त केबल निम्न दुई उदाहरण काफी छन् । प्रथम भारतसँगको महाकाली सम्झौता र दोस्रो अमेरिकी परियोजना एमसीसी । विगतमा भारतसँगको महाकाली सम्झौता गर्दाहोस वा अहिले अमेरिकी परियोजना एमसीसीको सन्दर्भमा होस नेपालका लागि एकाधिकार पूँजिवादका भरौटेहरु यही माथि उल्लेखित कुरा ‘“विकास, उन्नती, प्रगति,सुखी र समृद्धी ”को नारा दिएर त नेपाली जनतालाई त्यस्ता ब्रम्हलुटतर्फ लोभ्याउन कोशिस गरेका हुन र फेरी पनि गर्दैछन् । महाकाली सम्झौता गर्दा सरकार र प्रतिपक्षमा रहेर महाकाली सम्झौतामा राष्ट्रघात गरेका थिए आज २४ वषपछि पनि तिनै भरौटेहरुले अमेरिकी परियोजना एमसीसीका लागि नेपालको संसद जो यस्ता भरौटेहरुको खेलमैदान भएकोछ, त्यसबाट पास गर्न जोड दिइरहेका छन्,त्यही ‘“विकास, उन्नती, प्रगति,सुखी र समृद्धी ”को नारामा । फरक केवल यति छ, संसदीय व्यवस्थाको चरित्र र मान्यताअनुसार सरकार प्रतिपक्षमा प्रतिपक्ष सरकारमा छन् ।

 

देशमा पूँजिवादी विकासका लागि काम गर्ने अस्त्र भनेका बहुराष्ट्रिय कम्पनीहरु, आइएनजीओहरु र देशभित्रका केही दलाल पुँजीपति वर्ग हुन । उनीहरुको प्रमुख काम प्राकृतिक दोहन हो र यसरी प्राकृतिक दोहनबाट उत्पन्न संकट भनेको केबल मानिसलाई मात्रै नभई पृथ्विमा उपलब्ध प्राणीहरु हुन । थलचर र जलचरआदि सबै प्राणीहरु हुन र समग्रतामा विश्वको वायुमण्डल हो । यही परिस्थिति रहीरहेमा अथवा विश्वबाट एकाधिकार पूँजिवादको भूमण्डलीकृत रुपलाई समूल नष्ट नपारेसम्म अहिलेको यो पूँजिवादी उन्मादले मानवलाई भोलि आफु पुरिने खाल्डो आफै बनाई रहेको ह«नेछ । किनभने यसले आफनो सुख सुविधा र सम्पन्नताका लागि आफै बस्ने पृथीवीलाई नै संकटमा धकेलिरहेको छ । र यो सुख सुविधा र सम्पन्नताको फल चाख्ने केहि मुठ्ठीभर राष्ट्र हुन र ती मुठ्ठीभर राष्ट्रहरुमा पनि १ देखि ५ प्रतिशत र शासन सत्तामा रहनेहरुलाई मात्रै फाइदा पुगेको देखिन्छ । विश्वको जनसंख्याको यो सानो झुण्डको स्वार्थको लागि आज विश्वका सारा मानव मात्र होइन अन्य प्राणीहरुले समेत अनाहकमा सास्ती भोग्नु परेको र उद्येश्यविहीन वलिदान दिनु परेको तितो यथार्थ वर्तमानको महामारी हो । यीनैका कारण विश्वमा आइरहेको जलवायु परिवर्तन वर्तमान र भविश्यका लागि एउटा ठुलो संकट हो ।

 

यी खरावीहरुलाई कानुनी रुप दिएर ढाकछोप गर्न विश्व पूँजिवादले प्रजातन्त्रुको खोल ओढेकोछ,जसलाई नेपालीमा गणतन्त्रमा अहिले लोकतन्त्र भन्ने गरिएकोछ । यही लोकतन्त्र वा प्रजातन्त्रको खोललाई च्यातचुत नपारेसम्म पूँजिवादी उन्मादले खन्ने गरेको मानवता विरोधी खाल्डोलाई जनताले पहिचान गर्न सकिरहेका छैनन, परिणाम विश्व पूँजिवादले विश्वका जनतामाथि एकछत्र शोषणद्धारा पुँजीलाई केहि सिमित व्यक्तिको हातमा गएर थुपार्ने र अन्य बाँकी देशहरुमा सधैभरी भोक, गरीवी र अनेकौ संकटको स्थिति रहीरहनु पर्ने वाध्यता देखिएकोछ ।

 

संसदीय राजनीतिको मूल्यमान्यता भनेको पूँजिपति वर्ग, दलाल, व्यापारी, ठेकेदार, अन्डरवल्र्ड डन, सहयोगी दाता, अन्तर्राट्रिय प्रभाव र सुन्दर नाराहरु र आकर्षक डिजाइनरहरुको प्रयोग हो । संसदीय राजनीतिमा चुनाव जित्नको लागि यिनै श्रोतको परिचालन गरी जितिन्छ र यिनैले भने अनुसार राज्यसत्ता चलाउनु पर्ने हुन्छ । सिधा भन्नु पर्दा चुनाव जित्न ठूलो धनराशी खर्चनु पर्दछ । र त चुनाव जित्नेहरुले यीनै उल्लेखित शक्तिहरुको इशारामा शासनसत्ता सञ्चालन गर्न पर्ने वाध्यात्मक अवस्था रहन्छ । ओली सरकार जसले आफूलाई कम्युनिस्ट सरकार भन्दछ, वास्तवमा कम्युनिस्टहरुको सरकार नभई कमाउनिस्टहरुको सरकार हो भन्ने त कोरोना भाइरसका लागि उपलब्ध औषधी र विरामीमाथि भ्रष्टाचार गरेर आफू र आफ्ना दलालहरुका लागि अकुत सम्पत्ति आर्जन गर्ने कसरतमा लागेको स्पष्ट भएको छ ।

 

ओली सरकारले जे गरिरहेकोछ, त्यो नवउदारवादको विशवव्यापी रयानीतिभित्रको नेपालमा खेलिएको एउटा खेल हो । नेपाली जनतालाई भ्रममा पारीरहन नवउदारवादको विशवव्यापी रणनीतिभित्र ओली–प्रचण्ड–देउवाजस्ता विश्व एकाधिकार पुँजीवादका कठपुतलीहरु कोही लोकतन्त्रवादी भएर, कोही समाजवादी भएर अहिले राजनीतिक नौटंकी गरिरहेका छन् । यस्ता नौटंकीहरुलाई मञ्चबाट तल झार्न यीनीहरुले दिने गरेको ‘“विकास, उन्नती, प्रगति,सुखी र समृद्धी ”को नाराभित्र लुकेको उनीहरुको देशविरोधी र जनविरोधी रणनीतिक ग्रान्ड डिजाइनलाई ध्वस्त बनाउने राष्ट्रीय शक्तिको निर्माणको आवश्यकताछ । यही नै दृघकालका निम्ति विश्व एकाधिकार पुंँजीवादको अन्त्य हो र सही मानेमा जनताको संयुक्त जनवादी सत्ता र सरकारको स्थापना हो ।