अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग लगाउन माग गर्दै प्रदर्शन

काठमाडाै,साउन ९।प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउन माग गरिएकाे छ। श्रीमतीको हत्या गरेर जेल परेका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजायँ घटाएर रिहा गरिएको भन्दै विरोध प्रदर्शन भएको छ।

 

अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ खोई न्याय खोलाले बगायोु, फैसला होइन न्याय चाहियोु लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरिएकाे थिए । 

 

 माईतीघर मण्डलामा स्वतन्त्र राष्ट्रिय अभियान नेपालको आयोजनामा भएको प्रदर्शनमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउन माग गरिएकाे छ।

 

पत्नी गीता ढकाल हत्या कसुरमा जेलमा रहेका पूर्वडीआइजी रञ्जन कोइरालालाइ सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय कटौती गरेपछि बिहीबार रिहा भएका थिए।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमेशर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघि जिल्ला र पुनरावेदन अदालतले जन्मकैद तोकेका कोइरालाको ११ वर्ष कैदा छुट गर्ने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन्।