प्रचण्डको समुह एमालेमा खानकै लागि गएको हो ?

दश वर्षे जनयुद्धको नेतृत्व गरेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड ” ले नेतृत्व गरेको नेपाली माओवादी आन्दोलनको सबैभन्दा ठूलो समुह नीति , विचार ,सिध्दान्त , दर्शन , पार्टीले अंगिकार गर्दै आएको मालेमावादी पथप्रदर्शक सिध्दान्त , नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रम , कार्यदिशा , रणनीति , कार्यनीति , लक्ष्य, उद्देश्यहरु सबै काल्नोमुनि फ्याँकेर साथै सिध्दान्त बिहिन , विचार बिहिन भएर पहिले आफैंले प्रतिक्रियावादी घोषणा गरेको पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) मा खानकै लागि गएको हो ।

 

अहिले नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड ” प्रधानमन्त्री बन्नका लागि भूपू एमालेका नेताहरु माधवकुमार नेपाल , झलनाथ खनाल , वामदेव गौतमहरुसित अनुणय – विणय गर्दै , रोइकराई गर्दै हिड्नु , वर्तमान सत्ताधारी नेकपाका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले  सम्हालिरहेकाे प्रधानमन्त्री पद खोसेर आफूले खानका निम्ति पार्टी भित्रपुराना माओवादीका नेता , कार्यकर्ताहरुका बीचमा अलग्गै गुट चलाउनु , कहिले माधवकुमार नेपाल , झलनाथ खनाल र वामदेव गौतम लगायतका केपीबाट असुन्तुष्ट बनेका र मन्त्री , सभाषद वा अन्य पदपोष्ट नपाएर , केपी ओलीले नदिएर पन्छ्याइएका वा प्रधानमन्त्री केपी ओलीका हनुमन्ते बनेर मुलुकको राष्ट्रिय सम्पत्ति लुट्न नपाएकाहरुलई समेटेर गुटबनाउने र केपी ओलीबाट प्रधानमन्त्री खोसेर बाँकी दुई वर्ष देशमा ब्रह्मलुट मच्चाउनलागि मरिहत्ते गर्दै हिड्ने ,प्रधानमन्त्री बन्न सहयोग लिनका निम्ति कहिले वामदेव गौतमलाई संघीय संसदमा चुनावद्वारा ल्याउने र प्रधानमन्त्री बनाई दिने भनेर प्रोलोभन देखाएर उक्साइदिने , कहिले वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर संबिधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाई दिने भनेर उचालिदिने।

 

त्यति गर्दा पनि केपी ओलीलाई गल्हत्यार प्रधानमन्त्री बन्न नसके पछि माधवकुमार नेपाल , झलनाथ खनाल र वामदेव गौतमको गुटबाट अलगिएर ओली गुटमा सामेल भएर केपी ओलीलाई लिएर प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्या देवी भण्डारीलाई गुहार्न सितल निवास चाहार्दै हिड्नु नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको ४२ आौ स्मृति दिवसमा प्रधानमन्त्री पद नपाउने स्पष्ट भए पछि पार्टी भित्रका सबै असुन्तुष्टि छताछुल्ल पारेको परिदृश्य देख्नुबाट प्रष्टै देखिन्छ कि माओवादी आन्दोलनबाट भागेर ,क्रान्ति , श्रान्ति सबलाई गोली मारेर गुर्कुचि मार्दै , पुच्छर ठड्यार एमालेमा गएका हुन भन्ने कुरा प्रमाणित भएको छ ।

सरकारमा जाने र खाने कमाउने भनेर २०७५ साल जेठ ३ गते पार्टी एकताको नाम दिएर माओवादी आन्दोलन भित्रको ठूलै समुह तत्कालीन एमालेमा विलय भएको थियोे ।

पार्टी एकता हुनुभन्दा १ दिन पहिले अर्थात् २०७५ साल जेठ २ गते केपी ओली र प्रचण्ड बीच प्रधानमन्त्री आलो पालो आधा आधा समय प्रधानमन्त्री बन्ने भनेर उनीहरूकै संसदीय भाषामा भद्र सहमति ( गोप्य ) गरेका रहे छन् । यो अत्यन्तै अवसरवादी तरिका हो । यो बुर्जुवाहरुले प्रतिष्प्रधिलाई प्रलोभन देखाएर , गुलीया मिठाइँ देखाई दिएर भुलाई दिने तरिका हो । यो दुनियाँमा आफूलाई धेरै बाठो भएको ठान्ने प्रचण्डलाई पनि भुलाउन माहिर केपी ओली पर्नु भए छ र भद्र सहमति कार्यान्वयन नगरि दिए पछि प्रचण्डक‍ो निद्रा हराम भयो र माधव, झलनाथ ,वामदेव लाई गुहारेर , “भारत भनेको हामी हौँ , हामी भनेका पनि हामी नै हौँ ” भनेर केपीलाई धम्क्याएर पनि प्रधानमन्त्री पद नझरे पछि अहिले प्रचण्ड भन्दैछन् ” एमाले सुध्रिएन भने पार्टी फुट्छ” भन्दै धम्क्याउदै हिडेका छन् र दुनियाँलाई हँसाएका छन् प्रचण्डले ।

खाने भनेरै महान् दश वर्षे जनयुद्धका विरासत र उपलब्धिहरु मिल्काइई दिने , नेपाली क्रान्तिलाई लत्याई दिने , नेपाली जनतालाई गंभीर प्रकारको धोका दिएर खानकै लागि आएकाहरुले पनि दिदै नदिएका त होइनन् , गृह मन्त्रालय , उर्जा , वन , खानेपानी जस्ता ब्यापक भ्रष्टाचार गर्न सक्ने मन्त्रालयहरु दिएकै छन् , गोर्खाबाट चुनाव हारेको , गोर्खाली जनताबाट आइसुलेट गरिएको ब्यक्ति नारायण काजी ” प्रकाश ” लाई भत्ता खुवाउनै का लागि , राष्ट्रियसभामा लिए कै छन् । दोस्रो दर्जाको अध्यक्ष प्रचण्डलाई दिएकै छन् ।

एमालेमा गएर ज्यान पाल्नकै निम्ति रोई कराई गरेर , पद, पोष्ट, पैसो कै निम्ति मरिहत्ते गर्दै हिडेकाले प्रचण्ड र प्रचण्ड समुहले समग्र माओवादी आन्दोलनलाई बदनाम तुल्याएका छन् । विश्व भरकै क्रान्तिकारी कम्युनिस्टहरूलाई बदनाम तुल्याउँदै हिडेका छन्।

प्रचण्ड समुहकै कारणले गर्दा आज नेपालका क्रान्तिकारी माओवादीहरु र अन्य क्रान्तिकारी कम्युनिस्टहरूलाई कम्युनिस्ट हुँ भनेर थाती खोलेर हिड्न , दुनियाँका सामु मुख लेखाउन गाह्रो भइरहेको छ ।

तर खाएर कहिल्यै नअघाउने प्रचण्डलाई उनले मागेको खान दिनु पर्थ्यो । किनभने माधवकुमार नेपाल , झलनाथ खनाल , केपी ओलीलाई प्रधानमन्त्री बनाई दिएको प्रचण्डले नै हो । नत्र माधवकुमार नेपाल , झलनाथ खनाल , केपी ओलीहरु जिन्दगीमा प्रधानमन्त्री बन्ने कुनै सम्भावना थिनन् , यो दुनियाँले देखेकै कुरा हो ।

प्रचण्ड – केपीहरुलाई कुनै लाज सरम छैन । कोरोना भाइरस ( COVID 19 ) को कहरले नेपाली जनता त्राही त्राही भइरहेको अवस्थामा , जनतालाई ज्यान जोगाउन कठिन भइरहेको अवस्थामा , मुलुकको आर्थिक अवस्था डामाडोल भइरहेको अवस्थामा , रोजगारी गुमाएर हाम्रा मजदुर दाजुभाइ दिदीबहिनीहरु घर फर्किरहेको अवस्थामा उनीहरूको व्यवस्थापन गर्नुपर्ने बेलामा , स्कुल , कलेज हरु बन्द छन् , यातायात बन्द छ , जनताको अभिभावकत्व प्रदान गर्ने बेलामा सत्ता रुढ नेकपा भित्र , प्रचण्ड र केपी ओलीका बिचमा कुर्सी तानाको अवस्था छ , पदका लागि हानाहान छ ।

” अरुलााा अरुको चिन्तता घर जुवाँइलाई खानकै चिन्ता ” भने झै कोरोना सोरोनाले जाबो जनता मरोस कि बाँचोस , कहिले सत्तामा पुग्ने र सत्ताको ” बिलो ” लुछाचुडी गर्ने “कुकुरे कलह” मा जीवन हालिरहेकाले दुनियाँलाई हराउने काम प्रचण्ड – केपीहरुले , भूपू एमालेहरुले, भूपू माओवादीहरुले गरिरहेका छ । विचरा भोका मनुवाहरु !

( लेखक : क्रान्तिकारी माओवादीको केन्द्रीय मुखपत्र ” माओवादी ” का सम्पादक हुन ) ।