आज मिति २०७७ साल साउन ११ गते आइतबार भगवानको दर्शन गर्नुहाेस् र राशिफल पढ्नुस्

मेष- आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

मिथुन – आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । तपार्इंलाई आफन्तले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । धार्मिक कार्यको योग छ ।

 

सिंह –शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

 

 

तुला – आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

 

धनु – धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

 

कुम्भ – कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्नेछ ।

 

 

वृष – आज विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजनीति कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

 

कर्कट – अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

कन्या – आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाईलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

 

वृश्चिक- हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तसंगको सहकार्यले लाभ मिल्नेछ ।

 

मकर – लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

 

मीन – आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।