नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज,थप एक मृत्यु ,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,साउन,१२ ।नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

 

त्यस्तै कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।  

 

अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। थप एक संक्रमितको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना, सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जना ,बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा काेराेना संक्रमण देखिएको छ ।

 

 याे सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ७५४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका थिए ।