न्याय सम्पादनमा प्रभाव पर्ने गरी टीका टिप्पणी नगर्न सर्वोचको अनुरोध (प्रेस विज्ञप्तिसहित)

 काठमाडौं,साउन १२।सर्वोच्च अदालतले पछिल्लो समय न्यायसम्पादनमा उठेको विवादमा ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जानकारी दिएको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि र प्रक्रिया अदालतबाटै समधान हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टिप्पणी र विवाद नगर्न सबैलाइ आग्रह गरिएको छ ।

 

अदालतमा दर्ता हुने विवादहरु निरुपण संविधान कानुन र न्यायका मान्य सिद्धान्त बमोजिम हुने र अदालतमा भएका फैसला र आदेश उपर चित्त नबुझे निर्धारित विधि र पक्रिया अनुरुप उपचार मागए अनुशरण गर्न सकिने नै हुन्छ ।

(

प्रवक्ता भद्रकाली पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ ।

 

पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश विवादित भएका छन् ।नागरिकबाट,