नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि,थप एकको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,साउन,१३ । नेपालमा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जनाएकाे छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

सबै भन्दा बढी संक्रमित डोटीका ५८ जना, काठमाडाैंमा ४८ जना, कपिलवस्तुका ३४, स्याङ्जा र कैलालीका १८/१८ जना, मोरङका १७, अछामका १६, सप्तरीका १५, पर्साका १४, धनुषाका ९, महोत्तरीका ८, नवलपुर र दाङका ६/६ जना, बाराका ५ जना,ललितपुर र सिन्धुपाल्चोकमा ४/४ जना, झापा, बाँके, बझाङ, लमजुङका ३/३, रुपन्देही, कास्की र सुर्खेतमा २/२ जना तथा इलाम, रौतहट, सर्लाही, नवलपरासी, नुवाकोट, रामेछाप, भक्तपुर, मकवानपुर, ओखलढुंगा, गोरखा, दैलेख, दार्चुला र कञ्चनपुरमा एक/एक जना संक्रमण पुष्टि भएकाे छ। 

 

याे सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ८७५ निको भएका छन् भने ४९ जनाको मृत्यु भएको मन्त्रलयले जनाएकाे छ।

थप एकको मृत्यु

यस्तै कोरोना भाइरसको संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । शुक्रबार मृत्यु भएका बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो । सोमबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।