नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा थप १५ जनामा संक्रमण

काठमाडौं,साउन,१३ ।नेपालमा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा २१० जनामा संक्रमण पुष्टि भएको छ ।

 

याे सँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ, भने १४ हजार २१ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्य ४९ जनाको मृत्यु भएको छ। देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा थप १५ जना संक्रमित

काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।