नेपाली सेनाका पुराना हतियार सशस्त्र प्रहरीलाई

 काठमाडौं,साउन १४ ।नेपाली सेनाले सशस्त्र प्रहरी बललाई हतियार हस्तान्तरण गरेको छ । आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार बुधबार सेनाले सशस्त्रलाई हस्तान्तरण गरेको हो।

 

सैनिक प्रवक्ता सन्ताष वल्लभ पौडेलले सेनाले चलाएका ६ सय थान इन्सास राइफल सशस्त्रलाई दिएको जनाकारी दिनुभयो ।नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई ती हतियार हस्तान्तरण गर्नु भएको छ।

 

यसअघि पनि विभिन्न समयमा सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार दिने गरेको थियो।न्युज अफ नेपालबाट,