कालिकोटमा पहिरोका कारण एकै परिवारका सात जनाको मृत्यु

कालीकोट ,साउन १४। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालीका वडा नं ७ अन्तर्गत बागामा मंगलबार राती पहिरोको कारण एकै घरका सात जनाको मृत्यु भएको छ। त्यस्तै वडा नं ४ मा पनि एक घरका २ जनाको मृत्यु भएको छ।

 

मंगलबार बिहान देखि सुरु भएको भारी बर्षाका कारण नरहरीनाथका धेरै ठाउँमा बाढी पहिरो आई धन जनको क्षति भएको छ भने जोखिम पनि उत्तिकै रहेको स्थानीयले बताएका छन्।

 

उक्त पहिरोमा परि ज्यान गुमाउनेहरु : बर्ष ६२ का गंगे बुढा(घरधनी), बर्ष ६१ कि नैना बुढा (श्रीमति), बर्ष १८ कि बिमला बुढा (छोरी), बर्ष २४ कि कुशा बुढा(बुहारी), बर्ष १० का चन्द्रिका बुढा (नातिनी), बर्ष ७ का राम बुढा (नाति), बर्ष १२ का चरित्र बुढा (नाति) को ज्यान गएको छ। परिवारका चार जना भने शकुसल भागेर बाँच्न सफल भएका छन्।

 

मंगलबार देखि सुरु भएको बर्षा अझै पनि नरोकीएको र बर्षाकै कारण र पहिरोको जोखिममा नरहरिनाथ वडा नं. ५ का पनि करिब ४७ घर जोखीममा रहेको जानकारी आएको छ।