नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि,२२७ जना डिस्चार्ज

काठमाडौं,साउन १५ । नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

 

  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसारआज डिस्चार्ज हुनेको संख्या २२७ रहेको जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

 सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

 

त्यस्तै काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर मृतककाे संख्या ५२ पुगेकाे छ।