आज देशभर बर्षा हुने,आगामी तीन दिनको मौसम यस्तो छ ? सबैलाई सर्तक हुन आग्रह

काठमाडौ,साउन १६ । आज देशका अधिकांश स्थानमा मौसममा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अडिएर बसेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १७ गते (शनिबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, प्रदेश १,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती:देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालि प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।