नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा आज कति थपिए संक्रमित

काठमाडौं ,साउन,१६ । नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको जनाएकाे छ ।

काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।