आज सुनको मूल्य हालसम्मकै उच्च,कतिमा कारोवार भइरहेको छ त ?

काठमाडौं,साउन १६। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा बिहीवारको तुलनामा रू. ३०० ले वृद्धि भएको छ ।

 

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार ३०० मा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू.९८ हजार ८६५ मा कारोबार भइरहेको छ ।

 

 आज सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

 आज उता चाँदीको मूल्य भने प्रतितोला रू.२५ घटेर रू.१ हजार २०० मा कारोबार भइरहेको छ ।गत बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार रहेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला रू.९८ हजार ५६० रहेको थियो ।

 

सुनको मूल्यमा निरन्तर भइरहेको वृद्धि कहिले गएर स्थिर हुन्छ भन्ने यकिन नभएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । नेपाली बजारमा सुनचाँदीको मूल्य पूर्णतया अन्तरराष्ट्रिय बजारमा निर्भर हुने भएकाले सोही अनुसार मूल्य निर्धारण हुने गरेको उनीहरु बताउँछन्।