नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति संक्रमित थपिए  

 काठमाडौं,साउन, १७ । नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो । 

 

कुन जिल्लामा कति संक्रमित थपिए  

सबैभन्दा धेरै कैलालीमा ९८ जना,बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना,सप्तरीका ७ जना,काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

 

याे सँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन् ।