फेरि नेपाल अयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौं,साउन, १७ । नेपाल अयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि ,डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

 

 

नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएकाे निगमले जनाएको छ ।

 

अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त भएकाले मूल्य समायोजन गरिएकाे  निगमले बताएकाे छ ।