आज मिति २०७७ साल साउन १९ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष- दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा सामान्य आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

 

 

बृष- लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ ।

 

 

मिथुन – राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ ।

 

 

कर्कट – वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कामहरुबाट न्यून आम्दानी हुनेछ । लामो दुरिको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ । बिद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला तरपनि समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

 

 

सिंह-आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

 

कन्या – प्रयत्न गर्दा व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा पति पत्नी विच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

 

 

तुला- समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिरतिरको यात्रा गरी दिन कटाउँनु नै राम्रो रहेकोछ ।

 

 

बृश्चिक-समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

 

 

धनु- प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

 

 

मकर – पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेकोछ ।

 

 

कुम्भ –व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन । बौदिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ ।

 

 

मीन- पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।