आगामी तीन दिनको मौसम पूर्वानुमान: यी प्रदेशहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडाैं,साउन १९। सोमबार  जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान जारी गरेको छ । बिहान जारी गरेको मौसम पूर्वानुमानमा आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ ।

साथै, हाल देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु अन्य प्रदेशका एक दुइ स्थानमा अहिले बर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 हालको मौसमको अवस्था  

देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु अन्य प्रदेशका एक दुइ स्थानमा अहिले बर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १९ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर(पश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती :देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती : सुदुर(पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रही थोरै स्थानहरु तथा वांकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २१ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती : देशभर आंशिक देखि सामान्य वदली रही प्रदेश न १ प्रदेश न २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।