नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि,कुन प्रदेशमा कति थपिए संक्रमित

काठमाडौं , साउन,१९। नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

याे सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ७१ जना,कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८/८ जना ,भक्तपुर, झापा र सुनसरीमा ५र५ जना, बारा र अछाममा ४र४ जना, ललितपुरना ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २र२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति छन् संक्रमित

त्यस्तै  प्रदेश १ मा २९० जना, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३१५ जना, कर्णाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा एक हजार ५४९ जना कोरोना संक्रिय संक्रमित उपाचारत रहेका छन् ।

त्यसैगरी कोरोना निको हुनेको संख्या १४ हजार ९६१ पुगेको उनले जानकारी दिए ।