अख्तियारको टाेलिले दुई अधिकृतलाई स्रोत नखुलेको रकमसहित पक्राउ

 काठमाडाै,साउन १९। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई निन्त्रणमा लिएको छ।

 

उनीहरुको साथबाट स्रोत नखुलेको ३,४८,००० र बिभिन्न मितिको बैंक भौचर ५,५०,००० गरी कुलजम्मा आठ लाख अन्ठानब्बे हजार सहित उनिहरूलाइ नियन्त्रणमा लिएकाे हाे।

 

स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेका उनीहरुलाई रुपन्देहीको सैनामैनाबाट अख्तियार दूरुपयोग अनुसन्धान आयोगकाे टाेलिले नियन्त्रणमा लिएको छ।