सार्वजनिक यातायातमा भोलिदेखि जोर विजोर प्रणाली लागू गर्ने निर्णय,राति हिँडडुलमा रोक( विज्ञप्तिसहित )

काठमाडौं,साउन,२१ । भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने सरकारकाे निर्णय। कोरोना भाइरसको संक्रमणकाे जोखिम बढेसँगै जोर विजोर प्रणाली लागू गर्न गृह मन्त्रालयले विज्ञप्ति जारी गरेकाे छ।सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएकाे विज्ञप्तिमा जनाएकाे छ ।

 

जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।  सरकारको निर्णय कडाइका साथ ट्राफिक प्रहरीले लागू गर्ने ।

 

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।  

 

 मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए।

 

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू गर्ने सरकारले निर्णय गरेकाे छ।  

विज्ञप्ति