नेकपा मुगुद्वारा स्वास्थ्य सामाग्री सहयोग

मुगु,साउन २३। मुगु जिल्लामा काेभिड-१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुगुले करिब चार लाख बराबरको स्वास्थ्य सामाग्री जिल्ला विपत् व्यवस्थापन समितीलाई हस्तान्तरण गरेको छ।

 

ती स्वास्थ्य सामाग्री जिल्ला अध्यक्ष सुकबिर बुढा, नेता बिर्ख बहादुर थापा र जित बहादुर मल्लले प्रमुख जिल्ला अधिकारि तथा जिल्ला बिपत् ब्यावस्थापन समिती संयोजक कृष्ण कुमार निरौला लाई जिल्ला प्रशासन कार्यालय मुगुमा हस्तान्तरण गरेका हुन् ।नेपालमा लकडाउन हटे संगै कोरोना संक्रमणको जोखिम पनि बढिरहेको छ ।

 

दैनिक संक्रमीतहरु बढिरहेको र समुदाय सम्म संक्रमण फैलिरहेको अबस्थामा जिल्लाका सामुदायिक स्वास्थ्य संस्थामा असुरक्षित रूपमा काम गरिरहेका स्वास्थ्यकर्मिहरुको लागी नेकपा मुगुले पिपिइ एक सय थान, सेनिटाइजर एक सय लिटर, सर्जिकल मास्क एक हजार पिस, के एन ९५ मास्क एक सय पिस, सर्जिकल ग्लोब्स १७ बक्स, फेस सिल्ड तथा ग्लास ५० थान लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

दैनिक संक्रमीतहरु बढिरहेको र समुदाय सम्म संक्रमण फैलिन नदिनको लागि काठमाडाैंमा रहेका युवाहरूले विभिन्न स्वस्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यलय मुगुलाइ उपलब्ध गराएका छन्।

नेकपा मुगुको सकृयता र काठमाडौंमा रहेका नेकपा सम्बद्ध मुगुका युवाहरु अनेरास्ववियूका केन्द्रीय सदस्य नवराज कार्की लगायत दल बहादुर बिक, ई. हेमराज शाही, मनिचन्द्र सार्की, नरेन्द्र गिरी, दिपक बानियाँ, खेमराज मल्ल र कर्णाली कला संस्कृति समाजका अध्यक्ष निर्मोही सङ्कल्पको सहयोगमा उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराइएको अध्यक्ष सुकबिर बुढाले जनाएका छन्।

जिल्ला प्रशासन कार्यलय मुगुका अनुसार जिल्लामा अहिले सम्म १७०० जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य एक जना संक्रमणबाट निको भइसकेका छन भने २ जना काेटडाँडा प्राथमिक स्वस्थ्य केन्द्र रातापानी आइसोलेसन केन्द्रमा उपचारत छन् ।