नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं, साउन, २४। नेपालमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा ३७८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

याे सँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भएर घर फर्किएका छन् ।

 कुन जिल्लामा कति थपिए संक्रमित 

सबैभन्दा धेरै काठमाडौं ५६ जना,पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७र७ जना तथा मकवानपुरका ६ जन ,रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।