नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि,थप दुई जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,साउन,२५ ।नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

 

याे सँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये १६ हजार ३५२ जना निको भइसकेका छन्। कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । याे सँगै मृतकको संख्या ७५ पुगेको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९० जना,पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७/१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४/४ जना, नुवाकोट र डडेलधुराका ३/३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २/२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।