गोेंगबु सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौँ,साउन २६ ।आइतबार गोंगबुमा विभत्स रुपमा सुटकेश र झोलामा फेलापारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको छ।

 

टोखानगरपालिका–१० गोंगबुमा भेटिएको टुक्रा- टुक्रा शव दाङका कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंको सोह्रखुट्टेस्थित एक उद्योगमा काम गर्दै आउको खुलेको छ ।

 

हात, खुुट्टा र टाउको काटिएको अवस्थामा उनको शव सुट्केस भित्र भेटिएको थियो । त्यसपछि प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो ।

 

शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको हो ।

 

 अहिलेसम्म प्रहरीले घटनामा संलक्न कसैलाई पनि पक्राउ गरिसकेको छैन । हत्याको कारणबारे पनि खुलाइएको छैन । यसअघि शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरिए लगत्तै मृतकको सनाखत भएको हो ।