नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि,१ सय ७१ जना डिस्चार्ज,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,साउन २७ । नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमित पत्रकार सम्मेलनका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । 

 आज १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४६२ नमुना परीक्षण गरिएको थियो । काठमाडौं उपत्यकामा  १३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

 सबै भन्दा धेरै संक्रमित काठमाडौंका ११०, ललिपतुरका १६ जना,भक्तपुरमा  ८ जना,पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३र३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३/१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जना ,कास्की र सुर्खेतका ५/५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३/३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २/२ जना, रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १/१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।