नागरिकता ऐन संशोधनबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं,साउन २८ । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानुन र विकास मञ्च ले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

 

मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक तुरुन्त पारित गर्न माग गर्दै लागि सर्वोच्च अदालतमा परमादेश माग गर्दै रिट दायर गरेको थियो । सो रिटमा अदालतले श्रावण २६ मा विपक्षीका नाममा अग्राधिकारसहितको कारण देखाउ आदेश जारी गरेको हो ।

 

नागरिकता प्रमाणपत्र राष्ट्रले व्यक्तिको अस्तित्वलाई पुष्टि गर्दै प्रदान गरिने कानुनी पहिचानको दस्तावेज हो । जसले व्यक्ति र उक्त राष्ट्रबीचको कानुनी सम्बन्ध स्थापना गर्ने दस्तावेज मात्र नभई अन्य धेरै मूलभूत मानव अधिकार प्राप्त गर्नका लागि आवश्यक आधारशीला नै हो । नेपालको संविधानको धारा १ ९१०ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने कुराको सुनिश्चितता गरेको छ ।राजधानीबाट,