आज सुनको मूल्यमा ठूलो गिरावट : कतिमा कारोवार हुँदै छ ?

काठमाडौं, साउन,२८। आज सुनको भाउ एकै दिनमा भारी मूल्यमा गिरावट आएकाे छ । नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख एक हजार ६ सय थियो ।

 

सुनकाे तोलामै ६ हजार २ सय रुपैयाँले मुल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।  तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ।

 

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ। यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ।

 

 सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनकाे मुल्यमा गिरावट आएकाे व्यवसायीले जनाएका छन्।