मुगुमा जिप दुर्घटना हुँदा १ काे मृत्यु १० जना घाइते,दुइकाे अवस्था गम्भीर

 मुगु,साउन २९ । मुगु जिल्लाकाे सदरमुकाम गम्गडी बजार बाट साेरु गाउँपालिका जाँदै गरकाे क १ ज ३२ नम्बरकाे जिप छायानाथ रारा नगरपालिका वडा न :३ निगाले भन्ने ठाउँमा हिजाे बुधवार जिव दुर्घटना भएकाे हाे । जिव दुर्घटनामा परि घाइते र मृतककाे  प्रहरी र स्थानीय बासिन्दाले उदार गरेका थिए । घाइतेहरूकाे अहिले जिल्ला अस्पताल मुगुमा उपचार भइरहेकाे छ ,भने घाइते मध्य दुइकाे अवस्था गम्भीर रहेकाे अस्पताल स्राेतले जनाएकाे छ।

 

जिप सडक बाट करीब १सय ५०मिटर तल खसेकाे बताईएकाे छ । जिप दुर्घटनामा परि छायानाथ रारा नगरपालिका रुगा गाउँका १९ बर्षका धरम लावडकाे मृत्यु भएकाे छ । लावड साेरु गाउँपालीका कच्या भन्ने ठाउँमा दिदी भेट्नका लागि गएका थिए ।

दुर्घटनामा घाईते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ७ ख्याल्चका १८ वर्षीय रुपलाल बुढा,वडा नम्बर ८ रुमका, २५ वर्षीय सिद्द रावल, नेहेर गाउँका १४ वर्षीय सुरेश शाही, नेहेरकै ६५ वर्षीय राजबहादुुर शाही र चालक ३६ वर्षीय खेमराज शाही रहेका छन ।

 

 

त्यस्तै घाईते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ८ की २ वर्षकी बालिका विर्सना रावल,सोही वडा तारापानीका २१ वर्षीय टेकराज रावल, वडा नम्बर ९ कालैका ५० वर्षीय रघु विटालु, साेही वडाका ४० वर्षीय भक्त लावड, भिई गाउँका कमलराज बुमी घाईते भएका छन । दश जना घाईते मध्य दुई जनाकाे अवस्था गम्भीर रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।