आज मिति २०७७ साल साउन ३० गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष –नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

 

 

मिथुन –आज विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस होला । चोटपकको भयपनि रहनेछ ।

 

 

सिंह –लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

 

 

तुला – आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

 

 

धनु –ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

 

 

कुम्भ –आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

 

 

वृष – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मन प्रसन्न रहला ।

 

 

कर्कट –आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाई भई वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

 

 

कन्या –आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

 

 

वृश्चिक-आज पारिवारिक सद्भाव बढ्नेछ । भौतिक सुख मिल्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

 

 

मकर – आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसायपनि फस्टाउनेछ ।

 

 

मीन – आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र राम्रै रहला । –