नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या १०२ पुग्यो,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,साउन,३१।नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा ४६८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।त्यस्तै १७ हजार २०१ जना निको भएर घर फर्किएका छन् भने उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ।त्यस्तै पीसीआर टेष्ट अहिलेसम्म ५ लाख ५ हजार ६६० पुगेको मन्त्रालयले जनाएकाे छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् ।त्यस्तै काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना, मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जना,काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।