बाजुराका बाढीपहिरो पिडितका लागि नेविसंघ बाजुरा-काठमाडौं सम्पर्क समितिद्वारा राहत संकलन अभियान सुरु

 काठमाडौं,साउन ३१। बाजुरामा आएको बाढीपहिरो पिडितका लागि नेबि संघ बाजुरा-काठमाडाैं सम्पर्क समितिले राहत संकलन अभियान सुरु गरेको छ । समितिले गएको बुधबार काठमाडाैंमा सम्पर्क समितिका पदाधिकारीहरुको बैठक बसि आजबाट राहत संकलन गर्न थालेकाे समितिका अध्यक्ष चन्द्र बहादुर रावतले जानकारी दिनु भयो ।

 

अभियान अन्तरगत आज मात्रै नेबि संघ बाजुरा- काठमाडाैं सम्पर्क समितिका सचिब तथा युवा व्यवसायी थुमराज उपाध्यायले सबै भन्दा पहिला ५००१ रुपैया ,नेपाली काँग्रेस बाजुराका सचिब रनसिँह ऐडीले ३१०० रुपैया,नेपाली काँग्रेस बाजुराका युवा नेता तथा व्यवसायी प्रेम नाथले ५१००, नेपाली काँग्रेस बाजुराका नेता पदम बहादु नेपालीले ५१००, बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक राजेन्द्र खत्रीले ५१०० ,नेविसंघका नेता निर्प कार्कि २००० रूपैँया, आर्थिक सहयोग अभियान सुरु गरेका हुन् । 

 

राहत संकलन अभियानको आरम्भ कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित ,पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता ब्रद्री पाण्डे, महासमिति सदस्य नेता पदम बहादुर शाहि, नेपाली काँग्रेस बाजुरा सचिव रनसिहबहादुर ऐडी,नेबि संघ बाजुरा काठमाडाैं सम्पर्क समितिका पुर्व अध्यक्ष तथा नेवि संघ बाजुरा काठमाडाैं सम्पर्क समिति सल्लाहकार समितिका संयोजक जगतजंग बम,सल्लाहकार समिति सदस्य गंगाराम न्यौपाने ,निर्प कार्कि,गणेश राज पण्डित र युवा नेता ताल बहादुर रावत लगायत अग्रजहरुको सल्लाहमा यो सहयाेग कार्यक्रमको सुरुवात गरिएको सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष अमृत शाहि र उपाध्यक्ष भरत राज जोशिले जानकारी दिनु भयो । 

 

आज सुरु गरेको अभियान बिभिन्न स्थानबाट राहत संकलन गरी भाद्र दोस्रो सातासम्म बाडिपिडितहरुलाई हस्तान्तरण गरिने सम्पर्क समितिका सचिब थुमराज उपाध्यायले जानकारी दिनुभयो । बाडिपहिरोले बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका लगायत अधिकांश क्षेत्रहरूमा बाढीपहिरोका कारण प्रभाबित भएका स्थानीय बासिन्दालाइ राहात संकलन गरि सहयाेग गर्ने सचिव थुमराज उपाध्याले जानकारी दिनु भयाे।  

 

यो दुखको घडिमा हामी ज्यानको बाजि लगाएर जन्म भुमिमा पिडित भएका आमा बुबा दाजुभाइ दिदी बहिनिहरूको लागि सहयोग गर्नलाई लागि पर्ने सम्पर्क समिति सचिब तेज बहादुर सुनार र सदस्य गोविन्द बिष्टले बताउनु भयो । बुढिगंगा नदिमाआएको बाढिले साँफे मार्तडी सडक खण्डमा पर्ने जडङ्गाको बेलीब्रिज समेत बगाएको छ।

 

अहिले बाजुरा सदरमुकाम सम्म जाने सडक अबरुद्ध  हुँदा त्यहाँका स्थानीय बासिन्दाकाे सदरमुकाम सँगकाे सम्बन्ध समेत अबरुद्ध भएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायातकाे सम्पर्क टुटेको छ । बुढिगंगा नदिमाआएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुल समेत बगाएको छ । प्राकृतिक प्रकोपले निम्त्याएको यो दुखद घडिलाई सम्पर्क समितिले जनतालाइ  आवतजावत गर्न छिटो भन्दा छिटो काम अगाडि बढाउन केन्द्रीय सरकारलाई दबाब दिने सम्मकाे याेजना सम्पर्क समितिकाे रहेकाे छ।

 

पिडितहरूकाे लागि सरकार र स्थानीय सरकारलगायत सम्बन्धित निकाएलाई छिटो पिडितलाइ राहतको ब्यवस्थापन गर्न पहल गर्ने राहत संकलन कोषका संयोजक तथा सम्पर्क समिति सदस्य टेक बहादुर सिह र भरत खडकाले जानकारी दिएका छन् ।

 

बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षदबिक्षेद अवस्थामा रहेकाे छ, भने सो सडक खण्डको ६०/६२ ठाउँमा पहिरो खसेकाे छ । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत गर्न समेत सम्पर्क टुटेकाे स्थानीय बासिन्दाकाे गुनासाे रहेकाे छ।  मुख्य सडक खण्डमा रहेका दुईवटा पुल समेत बाढीपहिराेले बगाइ सकेको छ ।

 

ताप्रिसेरामा रहेको पक्किपुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ । यस्तो समस्याको समयमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा दाजु भाइ तथा दिदी बहिनिहरूलाइ  सकिने सहयोग गरिदिन हुन ने बि संघ बाजुरा-  काठमाडाैं सम्पर्क समिति परिवार हार्दिक अनुरोध गर्दछ ।