नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १७२ जना,कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,साउन ३२। नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वनस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।

याे सँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । त्यस्तै  १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन्, अहिले सम्म १०४ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । सबै भन्दा धेरै  काठमाडौैंमा १२६ जना,मोरङमा १०० जना  बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, ललितपुरमा ३८ जना ,धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १० जना ,भक्तपुरमा, नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एक/एक जना संक्रमित भएका छन् ।