कालिकोटको नरहरिनाथ गाउँपालिकामा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

 कालिकोट,साउन ३२। कालिकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएकाे छ।

 

आमाको वार्षिक तिथिमा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ तानकोटबाट माइत आएकी ३३ वर्षीया देवा बोहोरासहित उनका तीन छोराछोरीलाई खोलाले बगाउँदा मृत्यु भएको स्थानीय बासिन्दाले जनाएका छन्।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार बेलुका माइती घरबाट दिदी रामपुरा बुढाको घर रहेको उच्छव गाउँ जाने क्रममा उनलाइ साे  खोलाले बगाउँदा देवासहित १४ वर्षीया छोरी विपना बोहरा, चार वर्षीय छोरा हेमन्त बोहोरा र एक वर्षीया छोरी आकृति बोहराको मृत्यु भएको हो।

 

उनी अछामबाट छोराछोरीसहित आमाको तिथि मान्न कालिकोट केही दिन अगाडी आएकी थिइन्।