आज मिति २०७७ साल भदाै २ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्


मेष –महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

 

मिथुन- नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

 

 

सिंह-आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

 

 

तुला – छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

 

 

धनु –अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भयपनि रहनेछ, तर आफनतले सहयोग गर्नेछन् ।

 

 

कुम्भ- आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 

 

वृष- राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

 

कर्कट – रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।

 

 

कन्या – आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ ।

 

 

वृश्चिक-आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्य र संस्कृतिमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

 

 

मकर – आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सफलता मिल्नेछ ।

 

मीन –सजिलै अरूको मन जित्न सकिनेछ । व्यवसायका लागि नयाँ योजना बन्नेछ छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । प्रेम जीवनपनि सुखद् रहनेछ ।