कविता ! मेरा बा !

– माधव खनाल  – राप्ती गा पा १ दाङ्घ 

तिमि कर्मका प्राय
शिपका शिल्पकार
कथाको कथाकार
पौरखका पौरख्याइँ
जीवनको प्रायोजक तिमि ! 

 

उपन्यास लेखन विनाको उपन्यासकार तिमि
कथा लेखन विनाका कथाकार तिमि
तिमि नदेखिने अद्धष्य पात्रा
नदेखिएको द्धष्य तिमि
तिम्रा कथा र गाथा कहिल्यै लेखिएन
अनि देखिएन
तिमिले कर्म सङ्खै फल लिइरहै !

 

बा….
आफनो निजि इच्छा त््यागेर
एकसरो कपडा, फाटेको चप्पल, भित्री वस्त्र
कहिल्यै पुरानो लागेन
अविचलित यात्री !
गन्तव्यप्रिय यात्री‘! मेरा बा !

 

प्रशंसाको प्राय 

स्यावासीका लायक
स्नेहको कर्मरूपी फल
संस्कार सिकाउने शिक्षक
उर्जाको अनृपम श्रोत
यि सवैका प्राय मेरा बा !

 

बा माथी गृनासो नभाको हैन‘!
गृनासो कर्मले ढाकेको छन
संघर्ष देखेर
म भन्छु !

पसिनाको गाथा लेख्नेछु
श्रमको मूल्य बूझनेछु
शिर उच्च बनाउनेछु
सक्षमताकोे शब्द निकालनेछु 
र्हेदै जाउ बा
तिम्रा कथा इतिहासको पानामा रंगाउछु !