क्रान्तिकारी माओवादीद्धारा पार्टीको तर्फबाट कमरेड रामवृक्ष यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

 काठमान्डौ,भदौ २ । नेकपा(क्रान्तिकारी माओवादी)महासचिव क. किरणद्धारा पार्टीको तर्फबाट कमरेड रामवृक्ष यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। जसको पूर्ण पाठ तल दिइएकोछ–

प्रेस–वक्तव्य

आज भदौ २ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र)का केन्द्रीय समिति सदस्य कमरेड रामवृक्ष यादवको सहादत भएको दिन हो। २०५१ भदौ २ गते तत्कालीन जनमोर्चाले जनकपुरमा आयोजना गरेको जनसभालाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेर घर फर्किने क्रममा उहाँकै गाउँ बरमझिया नजिकै बाटो ढुकेर बसेका स्थानीय वर्गदुश्मनका लठैतहरुले उहाँको नृशंस हत्या गरेका थिए । उत्पीडित मधेशी जनताका बीचमा अत्यन्त लोकप्रिय सर्वहारावादी नेता भएकै कारण उहाँको विभत्स हत्या भएको थियो । उहाँकै क्रान्तिकारी प्रेरणा स्वरुप उहाँको परिवार महान् जनयुद्धमा संलग्न भयो र उहाँको एकमात्र छोरा कमरेड शेखर यादव र उहाँका छोरीज्वाई कमरेड डम्मर यादव जनयुद्धकै क्रममा सहिद हुनु भयो । हाम्रो पार्टी आज उहाँको स्मृति दिवसको अवसरमा कमरेड रामवृक्ष यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको क्रान्तिकारी विरासतलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछ ।

मितिः २०७७ भदौ २ गते
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)