नारायणी अस्पतालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज,भदाै ३। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा पर्साका १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार राति थप १ सय ८ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ।

तीमध्ये वीरगन्ज बस्ने २० जना भारतीय नागरिक, १०२ जना स्वास्थ्यकर्मी , ४६ जना अस्पतालका कर्मचारी ,७३ जना सुरक्षाकर्मी , ६ जना पत्रकार र ८९ जना कैदी थुनुवा रहेका छन् ।

 

जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार,भदौ २ गते साँझ सम्म ३ सय २३ जना संक्रमित निको भइ घर फर्कि सकेकाे जनाएकाे छ।