नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्र १५९ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

  काठमाडौं,भदाै ३। नेपालमा थप  ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएकाे हाे।  नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

 

  कोरोना संक्रमण निको भएर १२० जना घर फर्किएका छन् । घर फर्किनेको कुल संख्या १७ हजार ७०० पुगेको छ।

 

त्यस्तै उपत्यकामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौंमा १३४ जना, पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, ललितपुरका र सल्यानका १७/१७ झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९ जना, भक्तपुरका र महोत्तरीका ८/८ कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३र३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।