नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २०० जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडाैं,भदाै ४। नेपालमा थप ७०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार  ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

 

तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।  काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

 देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।

 

 सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६/१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जना ,तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ।