काठमाडौं जडीबुटीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं,भदाै ४। काठमाडौंको जडीबुटीमा ट्रकको ठक्करबाट एक जना पदैलयात्रुको मृत्यु भएको छ ।

  काठमाडौं महागरपालिका ३२ जडीबुटी आकासे पुलस्थित सडकमा ना.६ ख २९१७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ बस्ने ४४ वर्षीय धन बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।