आज मिति २०७७ साल भदाै ५ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष –परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

 

मिथुन – धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

सिंह- आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।

 

 

तुला –धार्मिक कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खनेकुराको परिकार खान पाईनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुनेछ ।

 

धनु – लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

 

कुम्भ –आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।

 

 

वृष – आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ ।

 

कर्कट -ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्नेछ ।

 

कन्या – स्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

 

वृश्चिक – शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

मकर – दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

 

मीन – अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।