कविता – के हो तिज ?

म आदिम युग देखि हेरिरहेछु तिमिलाई !

हरेक साल आउँछ तिज

एउटा दासत्वको डोङ बोकि

तिमी एक तमासले खुशी हुन्छौ !

 

त्यही पुँजिवादी व्यबस्थाले तोकिदिएको

परिधिभित्र रहेर बेढङ्गले

नाचि दिन्छौ निधक्क

एउटा वर्ग व्यवस्थाले बनाएको

सांँघुरो कुलोसो छेउछाउ

आफ्नै आँसुलाई बन्धकी राखेर

एउटा सारिको सप्कोमा

आफ्नो सिङ्गै जीवन बेर्छौ !

 

एउटा पोतेको डोरोलाई आफ्नो जीवन ठान्छौ

अनि लोग्नेलाई सर्बस्व मालिक भन्दै

तिमी पुजिरहेछ उसैगरि हरेक दिन

आजै फुकालिदेउ अनि चुंडाली देउ

झरल्यामम्म हातका चुरा गलाको पोते

अनि गाइदेउ एक सेर

महिला उन्मुक्तिको गित

सुनाइ देउ एक हरफ

कविता महिला निम्ति

यो चाड हुँदै होइन भनेर के तिमी सक्छौं ?

 

तिमिलाई अरुले कसरी आफू

जस्तै बनाउ खोज्दै छ 

तिमी अरु कोहि भएर बाँच्न

सिकाउदै छ के तिमिले

यो कहिले सोचेका छौ ?

 

त्यो तिमी भित्र हल्लिरहेको

मानसिकताको बाग्लो पर्दा

अब च्यात्नुछ मलाइ धुजा धुजा हुनेगरी

अनि झुन्ड्याइदिनुछ

प्रत्येक नारिको काँधमा तिज

विद्रोहीको सुन्दर ट्याग

जहाँ तिमी आफै भएर बाँच्न सक्नेछौ

अब तिमिले सम्झिनु छ !

 

सबै माहिलहरुको मुक्तिको दिन

अनि सुन्दर समय श्रमिक माहिला दिवस

अर्थात आठ मार्च कतिन्जेल हिड्छौ

तिमी यसरी छामेर हेर आफ्नै मुटु

एकै चोटि नारी पबित्रता के मा छ

अनि सोध आफैलाई म को हुँ !

 

गिट्टी फोरेको हातहरुलाई

बालुवा चालेका हातहरुलाई

हरेक दिन इट्टा भट्टिहरुमा

सिङ्गो घर देख्नेहरुलाई

तिजको रौनकता होइन

सुनाउनु उनिहरुको जीवनको यथार्थ

हरेक शब्दहरुमा अटाउन

नसकेको जीवनको पिडा

असरल्ला आँसुले लतपतेको

जिन्दगिको बलेसिहरुमा

बगाइरहेछ पिडाको आँसु

तिमी कदापी नझुक्किनु

यो त पुरुषत्वको दासत्व

स्विकारेको एउटा कालो दिन हो

आउ आजै हामी हाम्रो लागि

एउटा वर्गहिन सुन्दर

समाजको निर्माण गरौ !