एकजना सङ्क्रमित फेला पार्न एक लाख बढी रुपियाँ खर्च

काठमाडौं, भदौ ५ । नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाखभन्दा बढी रुपियाँ खर्च गर्नुपरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न सरकारले एक लाख चार हजार ६३० रुपियाँ खर्च भएको जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड–१९ को परीक्षणमा मात्रै हालसम्म नेपाल सरकारले तीन अर्ब १४ करोड ९४ लाख रुपियाँ खर्चेको जानकारी दिनुभयो । कोभिड–१९ को परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले पाँच हजार पाँच सय रुपियाँ मूल्य तोकेको छ ।

 

निजी अस्पतालमा समेत कोरोनाको परीक्षण भइरहेको छ । स्वास्थ्य निर्देशिकाले निजी अस्पतालले कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपियाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

विदेश जानुपर्ने तथा कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा आएको आशंका हुनेले आफ्नै खर्चमा परीक्षण गराउँदै आएका छन् । मन्त्रालयका प्रवक्ता डा। गौतमले सार्वजनिक गर्नुभएको तथ्याङ्कमा व्यक्तिगत् तवरमा गरिएको परीक्षणको खर्च समेत जोडिएको छ ।

शुक्रबारसम्म कोरोनाभाइरसका ३० हजार ४८३ जना सङ्क्रमितको पुष्टि भएको छ । ३० हजार ४८३ सङ्क्रमित फेला पार्न मन्त्रालयले पाँच लाख ७९ हजार ८९९ जनाको परीक्षण गरेको थिया ।

 

जसमध्ये पाँच लाख ४९ हजार ४१६ जनामा सङ्क्रमण देखिएन । यसरी प्रति सङ्क्रमित फेला पार्न करिब एक लाख चार हजार ६३० रुपियाँ खर्च हुन पुगेको मन्त्रालयका प्रवक्ता डा। गौतमले बताउनुभयो ।

“जनस्वास्थ्यभन्दा ठूलो केही छैन् तर पनि सङ्क्रमित फेला पार्न भइरहेको खर्चको आधारमा पनि नागरिक स्वयं सचेत हुन जरुरी छ ।

 

डा.गौतमले आग्रह गर्नुभयो । उक्त खर्चमा स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने ब्यक्तिगत् सुरक्षा उपकरण पहिरन लगायतको खर्च जोडिएको छैन् । प्रति पीपीईको दर औसतमा कम्तिमा एक हजारदेखि चार हजारसम्म पर्छ । स्वाब सङ्कलनको लागि खटिने स्वास्थ्यकर्मीको पारिश्रमिक, प्रयोग हुने संशाधन लगायतको खर्च समेत उक्त परीक्षण खर्चमा जोडिएको छैन् ।

हाल १२ हजार २३४ जना क्वारेन्टिनमा छन् । १२ हजार १३२ जना आइसोलेशनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म १३७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै ११ जनाको मृत्युको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा। गौतमले कफ्र्यु लगाइएको अवधिमा समेत बाहिर सडकमा हिंडडुल गर्ने देखिएकोले आफूसँगै अन्यलाई समेत जोखिममा पार्ने गरी जनस्वास्थ्यसँग लापरवाही नगर्न सचेत गराउनुभएको छ ।गाेरखापत्रबाट,