नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा १६६ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

 काठमाडौं,भदौ ७ । नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार आज  ८०२६ जनाकाे पिसआर परिक्षण गर्दा ८१८ जनामा संक्रमण देखिएकाे छ। आजसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।  काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा रहेकाे पनि मन्त्रालयले जनाएकाे छ। 

कुन जिल्लामा कति थपिए संक्रमित

  मन्त्रालयका अनुसार सबै भन्दा धेरै  संक्रमित पर्सामा १३९ जना,  काठमाडौंमा १२६, सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०,भक्तपुरमा र रुपन्देहीका २८/२८ जना, काभ्रेका २७, अछामका २३, सिराहाका १४, ललितपुरमा र अर्घाखाँचीका १२ /१२ जना, कपिलवस्तु र बाँकेका ११/११ जना र झापाका १० जना ,सुनसरी र रौतहटका ९/९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६/६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४/४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २/२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।