नेपालमा थप  ७४३ जना कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २२४ जनामा संक्रमण,

 कामठाडौं ,भदौ ८। नेपालमा थप  ७४३ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार १० हजार २ सय ३४ जनाकाे पीसीआर परीक्षण गर्दा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 कुल संक्रमितको संख्या ३२ हजार ६७८  पुगेकाे छ  भने १७५ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् । डिस्चार्ज भएर घर फर्किनेकाे संख्या १८ हजार ८०६ पुगेकाे  छ ।

  काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १० हजार २३४ नमुना परीक्षण गरिएको थियो ।

त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र २२४ संक्रमित भेटिएका छन् । काठमाडौमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यस्तै बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९/१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८/१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

सर्लाही र बाँकेका ८/८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५/५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४र४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३/३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २/२ मा संक्रमण देखिएको छ ।

 

यस्तै इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एक/एक संक्रमित थपिएका छन् ।