सशस्त्र प्रहरीका हवल्दारको लडेर मृत्यु

दाङ,भदाै ९ । प्युठानमा सशस्त्र प्रहरीका हवल्दारको लडेर मृत्यु भएको छ । घर विदामा आएका विष्टको सोमबार बिहान आफ्नै घरको शौचालय जाने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्युठान नगरपालिका वडा नं.२ साढेखोला निवासी प्रहरी हवल्दार ३५ वर्षीय द्रोर्णकुमार विष्टको लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे हो ।

 

५ नम्वर प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार विष्ट सशस्त्र प्रहरी बल नं.१६ गण सिन्धुपाल्चोकमा कार्यरत रहेकाे जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।