नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ३०१ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,भदौ १०। नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।  नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

 

  उपत्यकामा मात्र एकैदिन ३०१ जना  कोरोना संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

  मन्त्रालयका अनुसार सबै भन्दा धेरै काठमाडौं  २३० जना , सर्लाहीका १२० जना, सुनसरीका ५५, ललितपुरका ४७, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, भक्तपुरका र जनाबाराका २४/२४ लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जना ,तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७र७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २र२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।