मुगु जिल्लाको खत्याड गाउँपालिकामा रहेको एकमात्र प्रसुती गृह (बर्थिङ सेन्टर)मा बाढी पहिरोले लाखौंको क्षति

 मुगु,भदौ १२। मुगु जिल्लाकाे खत्याड गाउँपालिका वडा नं. ३ खर्कमा अबिरल बर्षासँगै आएको बाढी पहिराेले बर्थिङ सेन्टरमा रहेका विभिन्न स्वास्थ्य सामाग्रीसहित अन्य गरि लाखाैंकाे क्षति पुगेकाे छ । 

 

 त्यस्तै हेरेन्डेक नेपालको आर्थिक सहयोगमा निर्माण गरीएको प्रसुति गृह (बर्थिङ सेन्टर) भाद्र १० गते राती आएको अबिरल बर्षाले बाढी पहिराे आउदा यही २०७७ जेठ ५ गते बाट संञ्चालनमा आएको बर्थिङ सेन्टरमा   राखेको औषधीलगायतकाअन्य सामाग्रीहरु बाढीले बगाएको छ।

 

खोलामा आएको बाढीले (लेदो माटो र ढुङ्गा) बगाएर ल्याउदा बर्थिङ सेन्टरका कोठा पुरीएर ठूलाे क्षति पु-याएकाे छ।  बर्थिङ सेन्टरको भान्छा कोठा र भित्रका वाल भत्केर क्षति भएको हेरेन्डेक नेपालले जानकारी दिएकाे छ।

मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा बस्ने बिकट गाउँकी महिलाहरुले प्रसुति हुँदाकाे समयमा प्रयाेग गर्ने एक मात्र प्रसुति गृह केही समय अगाडी मात्र संञ्चालनमा आएकाे थियाे । 

 

 बिकट गाउँकी महिलाकाे केही समस्यालाइ मध्यनजर गरेर र महिलाहरुका अकाल ज्यान जानबाट जाेगाउन हेरेन्डेक नेपालले बर्थिङ सेन्टर अथवा प्रसुति गृहकाे स्थापना गरेको हो।

 

बर्थिङ सेन्टरमा बाढी पहिरोले क्षेति पुगे पछि त्यहाका महिलाहरुलाई डेलिभरी गराउन कठिनाई हुने हेरेन्डेक नेपालका स्वास्थ्य शाखाकाले जनाएकाे छ। 

 

सोहि बाढी पहिरोले खत्याड गाउँपालिका वडा नं. ३ मा प्रसुति गृह आसपाका क्षत्रमा रहेका खेतमा लगाएको धान बालीमा समेत क्षति पुगेकाे स्थानीय बासिन्दाले जनाएका छन्।